Pura Samachar

संसदीय छानबिन समिति गठन नगरिए सरकारको नीति तथा कार्यक्रम पेस गर्न नदिने: नेपाली कांग्रेस

प्रकाशित: May 13, 2024
पूरा समाचार

संसदीय छानबिन समिति गठन नगरिए सरकारको नीति तथा कार्यक्रम पेस गर्न नदिने: नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नगरिए सरकारको नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गरेको छ । सहकारीको बचत हिनामिनाबारे छानबिन गर्न संसदीय समिति बनाइए मात्र नीति तथा कार्यक्रम पेस गर्न दिने पक्षमा कांग्रेस पुगेको हो ।

पार्टीको सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट उक्त निर्णय गरिएको एक नेताले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समिति बनाउन सत्तासाझेदार दलसँग छलफल गर्ने भनेकाले आज र भोलि बिहानसम्म पर्खने निर्णय पनि बैठकबाट गरिएको ती पदाधिकारीले बताए ।

प्रतिक्रिया