काठमाडौं । आज पनि सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । साताको दोस्रो कारोबार दिन बजार २४.३९ अंकले बढेको हो ।
बजार परिसूचक भने २ हजार बिन्दु तल नै छ । आज परिसूचक १९९८.८९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आइतबार पनि ८.२६ अंकले बढेर १९७४.५० अंकको बिन्दुमा बन्द भएको थियो ।
उक्त दिन बैंकिङ्ग समूह ३२.८७ अंक, विकास बैंक समूह १२.५१ अंक, हाइड्रोपावर १३.६२ अंक, लगानी समूह १.४८, जीवन बीमा समूह ५०.४४ अंक, लघुवित्त ३०.१८, र अन्य समूह १४.१० अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु बने राताम्य बनेका छन् ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । आइतबार सवा तीन अर्बको मात्रै कारोबार भएको थियो । तर, आज भने ३ अर्ब ३० करोड ८६ लाख रुपैयाँ बढीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनेबेच भएको हो ।
उक्त दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर सर्वाधिक किनबेच भएको छ । आज कम्पनीको ३० करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
यस्तै, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८ करोड २३ लाख ४७ हजार रुपैयाँ बराबरको सेय किनबेच भएको छ । सो दिन कर्णाली डेभलपमेन्ट बैंकको ९ करोड ३२ लाख, पोखरा फाइनान्सको ६ करोड ८५ लाख, कुमारी बैंकको ६ करोड ५६ लाख, ज्योति विकास बैंकको ६ करोड ४५ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ६ करोड १५ लाख र गोर्खाज फाइनान्सको ६ करोड १० लाख बढीको सेयर किनबेच भएको छ।
प्रतिक्रिया