काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ । मंगलबार सुन प्रतितोला ७०० रुपैंयाले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य २५ रुपैंयाले बढेर १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया