Pura Samachar

स्कुटर र मोटरसाइकल एकआपसमा ठक्कर खादा एक यात्रुको मृत्यु

प्रकाशित: May 15, 2024
पूरा समाचार

स्कुटर र  मोटरसाइकल एकआपसमा ठक्कर खादा एक यात्रुको मृत्यु

काठमाडौं ,२ जेठ । दक्षिणकाली सडकमा भएको दुर्घटनामा एक यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका १ चाल्नाखेल सडकमा प्रदेश ०२–००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२–००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर मंगलबार बेलुकी दुर्घटना भएको थियो ।
सो दुर्घटनापछि स्कुटरमा सवार ठेगाना नखुलेका करिब २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल र स्कुटर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले कानूनी कारवाही अघि बढाएको बताइको छ ।

प्रतिक्रिया