Pura Samachar

सुनको मूल्यमा गिरावट

प्रकाशित: May 17, 2024
पूरा समाचार

सुनको मूल्यमा गिरावट

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ७ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया