Pura Samachar

लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित ,आज चेन्नाई सुपर किंग्स र रोयल च्यालेनजर्स बैंगलुरुको महाभिडन्त हुँदै

प्रकाशित: May 18, 2024
पूरा समाचार

लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित ,आज चेन्नाई सुपर किंग्स र रोयल च्यालेनजर्स बैंगलुरुको महाभिडन्त हुँदै

काठमाडौँ – आइपीएलको लिगचरणबाट बाहिरिसकेको मुम्बइ इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ । घरेलु मैदान वानखेडेमा शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित गरेको हो ।

लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अन्य ब्याटरहरू डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन जोडे ।

लखनउका नवीन उल हक र रवि विश्नाइले दुई/दुई तथा क्रुनाल पाण्ड्या र मोहसिन खानले एक/एक विकेट लिए ।

यसअघि लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे ।

मुम्बइका लागि नुवान थुसारा र पियुष चावलाले समान तीन/तीन विकेट लिए । यो हारसँगै मुम्बइ अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ भने लखनउ छैटौं स्थानमा छ ।

आइपीएलमा आज प्लेअफको अन्तिम स्थानको लागि डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्स र रोयल च्यालेनजर्स बैंगलुरुको महाभिडन्त हुँदै छ । आजको खेलमा जित निकाले दुबै टिमको प्लेअफ सम्भावना कायम रहेपनी बैंगलुरुले १८ रन वा दुई ओभर बाँकी छँदै जित निकाले बैंगलुरु र जित वा बराबरीले चेन्नाईले आफ्नो प्लेअफ यात्रा पक्का हुनेछ ।

प्रतिक्रिया