Pura Samachar

देशका अरू केही भूभागसहित काठमाडौंमा पनि वर्षाको सम्भावना

प्रकाशित: May 19, 2024
पूरा समाचार

देशका अरू केही भूभागसहित काठमाडौंमा पनि वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंमा आज (आइतबार) र भोलि  (सोमबार) वर्षाको सम्भावना छ । देशका अरू केही भूभागसहित काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा आज साँझ र राति वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “काठमाडौंमा भोलि अपराह्नपछि वर्षाको सम्भावना छ,” उनले  भने, “साँझ र राति वर्षाको सम्भावना देखिन्छ । हल्का वर्षा हुनसक्छ ।”

भोलि कोसी, मधेस, गण्डकी, वाग्मती, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि वर्षाको सम्भावना रहेको उनले स्पष्ट पारे । यी प्रदेशका पहाडीसँगै तराई भूभागमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया