काठमाडौं – यसभन्दा अघि कहिल्यै पनि यस्तो भएको थिएन । कि इङलिस प्रिमियर लिगको उपाधि लगातार ४ पटक एउटै क्लबले जितेको होस । यसपाली त्यो सम्भव भएको छ । स्पेनिस लिजेण्डरी कोच पेप ग्वाड्रिवलाको नेतृत्वमा रहेको म्यानचेष्टर सिटीले लगातार चौथो पटक लिगको उपाधि उचालेको हो ।
इङलिस फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक इङलिस शीर्ष डिभिजनको उपाधि उचालेका थिए । तर लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।
आईतबार भएको लिगको ३८औं चरणको खेलमा वेष्टह्याम विरुद्ध ३–१ गोलको जित निकाल्दै सिटीले उपाधि हत्याएको हो । सिटीलाई अर्को टोली आर्सनलले नजिकबाट उपाधिमा चुनौती दिइरहेको थियो । सिटीले आजको खेल जिते मात्रै उपाधि हत्याउने पक्का थियो । उता सिटीले हारेको र आर्सनलले जितेको खण्डमा उपाधि आर्सनलको पोल्टामा जाने अवस्था थियो ।
तर संयोग नै मान्नु पर्दछ । आर्सनलले आज भएको एभरटन विरुद्धको खेलमा २ एक गोलको जित निकाल्यो । जितका बाबजुत सिटीले उपाधिमा कब्जा जमायो । आज भएको सिटीको जितमा फिल फोइडेनले २ तथा रोड्रिगोले एक गोल गरेका थिए ।
प्रतिक्रिया