Pura Samachar

प्लेअफ इलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र रोयल च्यालेनजर्स बेंगलूरु भिड्दै

प्रकाशित: May 22, 2024
पूरा समाचार

प्लेअफ इलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र रोयल च्यालेनजर्स बेंगलूरु भिड्दै

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ संस्करणको प्लेअफ इलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र रोयल च्यालेनजर्स बेंगलूरु भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ ।

बेंगलूरुले लिग चरणमा पहिलो ८ खेलमा १ खेल मात्र जितेको थियो । त्यसपछिका ६ खेलमा लगातार ६ जित दर्ता गरेर अप्रत्यासित नतिजा निकाल्दै बेंगलूरु प्लेअफमा पुगेको हो । उता राजस्थानले भने अन्तिम ५ खेलमा ४ हार बेहोरेको थियो भने १ खेल वर्षाका कारण रद्द भएको थियो ।

यी दुई टोली लिग चरणमा एक पटक भिडेका थिए । सो खेल राजस्थानले ६ विकेटले जितेको थियो ।

आजको विजेताको फाइनल पुग्ने सम्भावना जीवितै रहनेछ । उता पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ । विजेताले क्वालिफायर १ मा पराजित सनराईजर्स हैदराबाद विरुद्ध आउँदो शुक्रवार फाइनल प्रवेशका लागि खेल्नेछ ।

हैदराबाद हिजो भएको पहिलो क्वालिफायरमा कोलकत्ता नाइट राइडर्स विरुद्ध ८ विकेटले पराजित भएको थियो । कोलकत्ता भने फाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया