काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन अस्विकार गरेको छ ।
विश्वकप खेल्न भिषा आवेदन दिएका सन्दीपलाई अमेरिकाले भिषा दिन अस्विकार गरेको हो ।
सन्दीपले समाजिक सञ्जालमार्फत आफुलाई भिषा दिन अमेरिका दुतावासले अस्विकार गरेको बताएका छन् । उनले भिषा नपाएपछि सम्पुर्ण सुभेच्छुकसँग माफ समेत मागेका छन् ।
टी ट्वान्टी विश्वकप अमेरिका र वेस्ट इन्डिजमा हुदैछ । नेपाली टिम अमेरिका पुगिसकेको छ ।
नेपाली टिमसँग जोडिन सन्दीपले अमेरिकाको भिषा माग गरेका थिए । तर नेपालस्थित अमेरिकी दुतावासले भिषा दिनलाई अस्विकार गरेको छ ।
पछिल्लो समय सन्दीप बलात्कारको मुद्धामा कानुनी लडाँई लडिरहेका थिए । उच्च अदालत पाटनले उनलाई बलात्कारको मुद्धामा सफाई दिएको थियो ।
अदालतबाट सफाई पाएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । राष्ट्रिय क्रिकेट टिमका महत्वपुर्ण सदस्य रहेका सन्दीप नेपाली टिममा समावेश हुन अमेरिका जाने तयारीमा थिए ।
नेपाललाई विश्वकपमा छनोट गराउन महत्वपुर्ण भुमिका खेलेका सन्दीपको भिषा अस्विकार भएसँगै उनी राष्ट्रिय टिमसँग सहभागी हुने विषय अन्यौलमा परेको छ ।
प्रतिक्रिया