Pura Samachar

आजको राशिफल

प्रकाशित: May 23, 2024
पूरा समाचार

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन मिश्रित फलदायी रहला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् भने श्रमको उचित मूल्य नमिल्न सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानी सामान्यमात्र बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा मन जाला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । आयआर्जन राम्रै होला तर सरसापटमा धन खर्च हुने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोस् । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ, तर ब्यवसायमा राम्रै लाभ हुने योग छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ, सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने दिन छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । अरूको सुझावमा भर नपर्नुहोला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । लगनशील रहनुहोला, कीर्तिमानी काम हुन सक्छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । घरेलु काममा फाइदा पुग्ने समय छ । काम रोकिएका छन् भने फेरि प्रयत्न गर्नुहोला । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मान र विद्या प्राप्त होला । विशेष उपहार एवम् धनलाभ हुने समय छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कर्मबल बढ्नेछ, तर न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा कमजोरी महसूस हुन सक्छ । नचिताएको ठाउँमा धननाश हुने दिन छ । पठनपाठनमा समय दिन नसकिएला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन हुने दिन छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । इर्ष्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भागदौडधुप बढ्नेछ, आरोग्यबल पनि वृद्धि हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् भने मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्ला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । शुभ समाचार प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिएपनि आफन्तबाट टाढिनुपर्ने समय छ । सेवामूलक कामबाट धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आरोग्यता र अनुकूलता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । कुनै पनि समस्याको समाधान मिल्ने योग छ ।

प्रतिक्रिया