Pura Samachar

सुनको भाउ सस्तियाे

प्रकाशित: May 23, 2024
पूरा समाचार

सुनको भाउ सस्तियाे

काठमाडौं । सुनको भाउ सस्तिएको छ । छापावाला सुनको मूल्य बिहीबार एकैदिन १ हजार ८०० रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात् बुधवार १ लाख ४० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज घटेर १ लाख ३८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३८ हजार ५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया