Pura Samachar

दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद खेल्दै

प्रकाशित: May 24, 2024
पूरा समाचार

दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा शुक्रबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद खेल्दैछन्। पहिलो क्वालिफायरमा पराजित भएको हैदरावाद र इलिमिनेटरमा विजयी भएको राजस्थानले दोस्रो क्वालिफायरमा भेट पक्का गरेका हुन्। यो खेल नेपाली समय अनुसार शुक्रबार साँझ ७ः४५ बजे चेन्नईमा हुनेछ।

हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएको थियो। सुरुमा ब्याटिङ गरेको हैदरावादले दिएको १६० रनको चुनौती कोलकाताले १३.४ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो।

राजस्थानले भने इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)लाई ४ विकेटले हराएको थियो। सुरुमा ब्याटिङ गरेको आरसिबीले दिएको १७३ रनको रनको चुनौती ६ बल बाँकी हुँदा राजस्थानले १७४ रन बनाएर पूरा गरेको थियो।

दोस्रो क्वालिफायरमा विजयी टिमले आईपिएलको उपाधिका लागि कोलकातासँग प्रतिस्पर्धा गर्नेछ। आईपिएलको फाइनल आइतबार हुँदैछ।

प्रतिक्रिया