काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग आइपिएलको फाइनल प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयललाई ३६ रनले हराउँदै हैदरावाद फाईनल प्रवेश गरेको हो । अब फाईनलमा उसले कोलकाता नाईटराईडर्ससँ खेल्नेछ ।
सनराइजर्स हैदरावादले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थान निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएपछि ३६ रनले पराजित भएको हो।
अब हैदरावदले उपाधिका लागि कोलकाता नाइट राइडर्सको सामना गर्ने भएको छ। मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगिसकेको छ। यी दुई टोलीबीचको फाइनल खेल आइतबार चेन्नईमा हुने छ।
राजस्थानका लागि ध्रुव जुरेलले नटआउट रहँदै सर्वाधिक ५६ रन बनाए। ३५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे। ओपनर यशस्वी जायसवाल ४२ रनमा आउट हुँदा राजस्थानका अन्य ब्याटर चल्न सकेनन्।
हैदरावादका शाहबाज अहमदले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेकका उनले २३ रन खर्चिए। अभिषेक शर्माले २ विकेट लिँदा प्याट कमिन्स र थंगारसु नटराजनको नाममा १र१ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।
क्लासनले सर्वाधिक ५० रन बनाए। ३४ बल खेलेका उनले ४ चौका प्रहार गरे। राहुल त्रिपाठी ३७, ट्रैविस हेड ३४, शाहबाज अहमद १८ र अभिषेक शर्मा १२ रनमा आउट हुँदा प्याट कमिन्स ५ रनमा अविजित रहे।
राजस्थानका ट्रेन्ट बोल्ड र आवेश खानले ३–३ विकेट लिए। सन्दीप शर्माको नाममा २ विकेट रह्यो।
प्रतिक्रिया