काठमाडौं- आइतबार स्थिर रहेर सोमबार बढेको सुनचाँदीको मूल्य मंगलबार पनि उकालो लागेको छ। सुनको मूल्य सोमबारको तुलनामा मंगलबार प्रतितोला चारसय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेको हो।
मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ९ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुन सोमबार प्रतितोला एक लाख ३७ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी आज प्रतितोला एक हजार ९ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया