Pura Samachar

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याईयाे

प्रकाशित: May 28, 2024
पूरा समाचार

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याईयाे

काठमाडौँ – कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याईएको छ । सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो । उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिदै छ ।

नागरिकता किर्ते कसुरमा उनी काठमाडौंस्थित् कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका उनलाई गत मंगलबार राति धनुषा लगिएको थियो ।

अदालतले पटक पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ । उनलाई अहिलेसम्म तीन पटक ३(३ दिनको लागि म्याद थप गरिएको छ ।

प्रतिक्रिया