Pura Samachar

सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना चार जनाको मृत्यु

प्रकाशित: May 30, 2024
पूरा समाचार

सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना चार जनाको मृत्यु

सुर्खेत : सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना भएको छ। सुर्खेत-दैलेख खण्डको वीरेन्द्रनगर-१४ टाकुरी मोडमा बोलेरो जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाँच जना यात्रु सवार रहेको जीप बिहीबार बिहान २ बजे दुर्घटना भएको हो। सडकदेखि करिब एकसय मिटर तल जीप खसेको दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया