Pura Samachar

अभ्यास खेलमा श्रीलंकाले आयरल्यान्डलाई ४१ रनले हरायाे

प्रकाशित: June 1, 2024
पूरा समाचार

अभ्यास खेलमा श्रीलंकाले आयरल्यान्डलाई ४१ रनले हरायाे

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को १३ औं अभ्यास खेलमा श्रीलंकाले आयरल्यान्डविरुद्ध ४१ रनले सानदार जित दर्ता गरेको छ । लाउडर हिलमा आयरल्याण्डले टस जितर फिल्डिङ रोजेको थियो । सुरुवाती ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

एन्जेलो म्याथ्युजले सर्वाधिक ३२ रन बनाए । कप्तान वानिन्दु हसरंगाले २६ रनको योगदान दिए । दासुन शानाका २३ र पाथुम निसानका २२ रनमा आउट भए । आयरल्याण्डका जोस लिटील र ब्यारी म्याकार्थीले २-२ विकेट लिए ।

जावफमा राम्रो ब्याटिङ गर्न नसकेको आयरल्यान्ड १८ ओभर २ बलमा १ सय २२ रनमा समेटियो । कर्टिस क्याम्फरले २६ रनको इनिङ खेले । पल स्टर्लिङले २१ रनको योगदान दिए । श्रीलंकाका दासुन शानाकाले बलिङमा उत्कृष्ट प्रदर्शन गरे । उनले ३ ओभर २ बलमा २३ रन दिएर चार विकेट लिए । अर्को वार्म अफ म्याचमा अफगानस्तिानले स्कटल्यान्डलाई ५५ रनले पराजित गर्‍यो ।

प्रतिक्रिया