Pura Samachar

नेतृत्वको नातावाद, कृपावादसँगै अस्वस्थ खेल

प्रकाशित: June 2, 2024
पूरा समाचार

नेतृत्वको नातावाद, कृपावादसँगै अस्वस्थ खेल

काठमाडौं । दशकौं लामो संघर्ष, बलिदान र क्रान्तिपछि देशमा लोकतन्त्र गणतन्त्र प्राप्त भएको छ । सयौं मानिस शहीद, हजारौं जेल नेलका साथै अन्य विविध प्रताडनाले आजको यो व्यवस्था ल्याएको हो । यसरी ल्याएको व्यवस्था आज कतै बाँदरको हातमा नरिवल त भएको छैन भन्ने संशय सर्वत्र पाइन्छ । आमजनताको विश्वास, भरोसामा हाम्रा भनिएका दलहरू खरो उत्रन नसक्दा आजको अवस्थाबाट ग्रुजिनु परेको तीतो यर्थाथ हो । देश नातावाद, कृपावाद, चकडीवादले घेरिएको छ । गणतन्त्रपछि देशले ठूलो आर्थिक फडको मार्छ भन्ने आमजनताको विश्वास निराशामा परिणत भएको छ । यसले आमजनतामा चरम निराशा बढ्दै गएको छ । राजनीति दलका नेताहरूले देश र जनताको निम्ति इमानदारीपूर्वक काम नर्गदा दूर्दशा भएको हो भन्न कत्ति हिच्किचाउनुपर्ने अवस्था छैन ।

अझै देश यही अवस्थामा रहने हो भने आर्थिक रूपमा कहाँ पुगौला अहिलेलाई कल्पनामात्र गर्न सकिन्छ । हाम्रो निस्कने सुरुङमा उज्यालो टाढा-टाढासम्म देख्न नसकिनु दुभाग्य हो । देशमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धाबाट कुनै काम हुनकेको छैन, सबै भनसुनमा भइरहेका छन् । केही कर्मचारीहरूले पैसाविना पटक्कै फाइल अघि सार्दैनन् । यो देशका लागि इमानदारीका साथ काम गर्ने मान्छे भेटाउन मुस्किल छ । देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसक्नुले चरम निराशा उत्पन गराएको छ ।

मुलुकमा गणतन्त्र आएको १७औं वर्ष भयो । यही अवसर पारेर जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइयो । तर, गणतन्त्र दिवस मनाइरहँदा जनतामा त्यति उत्साह देखिएन । राजनीतिक दल र तिनका नेताहरूमात्र खुशी भएको देखियो ।

लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को भावनानुरूप नेपालको अन्तरिम संविधान २०६३ कार्यान्वयनमा आएसँगै राजामा निहित रहेको शक्तिलाई हटाई गणतन्त्रात्मक शासन व्यवस्थाको लागू भई मार्ग प्रशस्त गर्ने काम भयो । नेपालको संविधानसभाले विसं २०६५ साल जेठ १५ गते २४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी गणतन्त्र स्थापना गर्‍यो । यो गौरवको विषय थियो । तर, गलत पात्र र गलत सोच चिन्तन भएकाहरूको हातमा नेतृत्व पुग्दा समस्या निम्तिएको छ । मुलुक बर्बाद गर्नेहरू दलका अन्धभक्त, झोले र आसेपासे पनि हुन् । आज यो देशमा बौद्धिक मान्छेको कुनै कदर छैन ।

उनीहरूको कुरा सुन्नसम्म नेतृत्ववर्गलाई फुर्सद छैन । वास्तवमा सत्ताको कुर्सी अन्धो हुने रहेछ क्यारे । त्यहाँ पुगेपछि नेताहरू जनताका सबै कुरा बिर्सँदा रहेछन् । नेताहरू पार्टीगत र व्यक्तिगत स्वार्थमा रुमल्लिरहेका छन् । जसले गर्दा मुलुकको प्रगति हुन सकिरहेको छैन । संघीय संसद्मा नयाँ बजेट आयो । तर, जनतामा उत्साह नै छैन । बजेटमा खासै नयाँ कुरा समेटिएको देखिएन । बजेट जति राम्रो आए पनि कार्यान्यवन पक्ष फितलो भयो भने त्यसको कुनै अर्थ रहने छैन ।

मुलुकमा गणतन्त्र आएको १७ औं वर्ष भयो । यही अवसर पारेर जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइयो । तर, गणतन्त्र दिवस मनाइरहँदा जनतामा त्यति उत्साह देखिएन । राजनीतिक दल र तिनका नेताहरूमात्र खुशी भएको देखियो । उपलब्धिलाई रक्षा गर्न सकिँदैन । गणतन्त्र ल्याउन नेपाली जनताको लामो बलिदान र संघर्ष छ । ठूलो त्याग र तपस्या छ । माओवादी सशत्र युद्ध र तत्कालीन सात दलको जनआन्दोलन सफल नभएको भए त्यसपछि मधेस आन्दोलन नभएको भए गणतन्त्र आउने सम्भावना थिएन । जुन राजनीतिक दलले गणतन्त्र ल्याए तिनै दलका नेताहरू आज सुख सयल र आरामको जिन्दगी बिताइरहेका छन् ।

लोकतन्त्र र परिवर्तनकारी शक्तिहरू विभाजित हुँदा आज केही तत्व व्यवस्थाविरुद्ध आवाज उठाइरहेका छन् । जुन लक्ष्य र उद्देश्य लिएर गणतन्त्र घोषणा गरिएको थियो त्यस अनुसारको परिणाम राज्यले दिन सकेन । गणतन्त्र राजनीतिक दल र तिनका सीमित नेता अनि तिनका आसेपासेलाई मात्र आयो । स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्मका जनप्रतिनिधिहरू र उनका सचिवालय कर्मचारी पाल्दा देशको अर्थतन्त्रले थेग्न नसकिरहेको अवस्था देखिएको छ । लडेर ल्याएको गणतन्त्र के यही हो ? अभ्यास गरेका र गणतन्त्रमा गएका देशहरू आर्थिक विकासमा धेरै फड्को मारिरहेका छन् । हिजो जुन अवस्थामा थियौं आज हामी त्यही अवस्थामा छौं । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था उत्तम व्यवस्था हो तर शासन व्यवस्था चलाउने नेतृत्व वर्ग साँघुरो सोचका भए । यहाँ मान्छे भन्न थाले गणतन्त्रको व्यापक दुरुपयोग भइरहेको छ । ठेकेदार, तस्कर, माफियाहरूलाई टिकट दिएर उनीहरू नै पैसाको आडमा चुनाव जितेर आउँछन् र तिनैले शासन चलाउँछन् । स्थानीय तहतिर पनि पैसावालाहरूको हालीमुहाली छ । वास्तवमा जनताले सोचेअनुसार गणतन्त्रले केही परिणाम दिँदोरहेनछ भन्ने भ्रम परिरहेको छ ।

व्यवस्था परिवर्तनपछि संघ, प्रदेश र स्थानीय तहका निर्वाचनहरू समेत दुई–दुई पटक सम्पन्न भए । गणतन्त्र स्थापनासँगै मुलुकको राष्ट्राध्यक्ष हुने अधिकार नागरिकको पहुँचमा पुगेको छ तर जनताले त्यसको अनुुभूति गर्न पाएका छैनन् ।

राजनीतिक दलहरूले चुनावका बेलामा जनतालाई बाँडेका आश्वासन इमानदारीका साथ पूरा गरिदिने हो भने अरू केही गर्नुपर्दैन । देशमा निष्ठाको राजनीति हिजो थियो तर आज छैन । गणेशमान, कृष्णप्रसाद भट्टटराई, मनमोहन अधिकारी, बलबहादुर राई, बुद्धिमान तामाङलगायतका नेताहरूले लाभको राजनीति गरेनन् । उनीहरू आफ्नो निष्ठामा सधैँ अडिग रहे । अहिलेका नेताहरू कमाउ धन्दामा छन् । व्यवस्था परिवर्तनपछि संघ, प्रदेश र स्थानीय तहका निर्वाचनहरू समेत दुई-दुई पटक सम्पन्न भए । गणतन्त्र स्थापनासँगै मुलुकको राष्ट्राध्यक्ष हुने अधिकार नागरिकको पहुँचमा पुगेको छ तर जनताले त्यसको अनुुभूति गर्न पाएका छैनन् । गणतान्त्रिक पद्धतिमा प्रवेश गर्दा पनि मुलुकले समृद्धिको बाटो समाउन किन नसकेको होला ? देश र जनताको भाग्य र भविष्य अन्योलमा छ । सुरुका दिनमा जनतामा जुन किसिमको आशा र उत्साह थियो आज त्यो उत्साह सबै निराशामा बदलिएको छ ।

समाजको तल्लो तहले गणतन्त्रबाट केही फाइदा लिन सकेको छैन । गणतन्त्र हुने-खाने वर्गमा मात्रै सीमित भयो । परम्परागत शासकीय पद्धतिको विस्थापनसँगै आमजनताको जीवनमा पनि प्रतिफल देखापर्ने अपेक्षा थियो तर जनताको आशामा तुषारापात भएको छ । यहाँनिर आएर गडबड भएको छ । के यही देख्न नेपाली जनताले लडेर ल्याएको गणतन्त्र ? देशैभर हर्षोल्लासपूर्वक दीप बालेर १७औं गणतन्त्र दिवस मनाइरहँदा दैनिक ज्याला मजदुरी गरी जीवन चलाउँदै आएका श्रमिक तथा मजदुुरहरूलाई भने बिहान-बेलुकाको हात मुख जोड्ने चिन्ता छ । संघीय लोकतान्त्रिक गणतन्त्र श्रमिक, मजदुरका लागि आउनुपर्दथ्यो तर व्यवहारमा देखिएन । मजदुरका लागि रोजगारीको व्यवस्था गरेको खोइ ? देखिरहेका छन् नेताहरू कुर्सीको लागि लडिरहेका छन् ।

देशका सबै नागरिकले गणतन्त्र आएको महसुस गर्नुपथ्यो हुन सकेको छैन । गणतन्त्र आएपछि केही राम्रा काम नभएका होइनन्, भएका पनि छन् । सबै कुराको आलोचना गरेरमात्र हुँदैन, समाधान दिन सक्नुपर्छ । राजनीति दल र तिनका नेताहरू सत्ताका लागि एकआपसमा लड्न पछि हट्दैनन् । मुलुकलाई निकास दिनेभन्दा आफ्नै स्वार्थमा लिप्त छन् । व्यवहारमा स्वाधीन र सार्वभौम हुन नसकेको लज्जास्पद वर्तमान पनि । सरकारै लागि पर्दा पनि देशको एउटा राष्ट्रिय क्रिकेटरलाई विश्वकप खेल्ने भिसा दिलाउन नसक्नुले निरिहता कति रहेछ प्रष्ट हुन्छ । यो घटनाले हाम्रो अनुहार ऐनामा प्रष्ट देखिएको छ । जिम्मेवार व्यक्तिहरूका गैरजिम्मेवारीको पराकाष्ठाले हामीलाई कहाँ पु¥याउला ?    खबरदारी गरौं । (लेखक १५३ विश्वकीर्तिमानी व्यक्ति हुनुहुन्छ ।) साभार हिमालय टाइम्स

/

प्रतिक्रिया