Pura Samachar

वेस्ट इण्डिजकाे विजयी सुरुआत,आज २ खेल हुने अहिले ओमान र नामिबिया खेल्दै

प्रकाशित: June 3, 2024
पूरा समाचार

वेस्ट इण्डिजकाे विजयी सुरुआत,आज २ खेल हुने  अहिले ओमान र नामिबिया खेल्दै

काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटान सहआयोजक वेस्ट इण्डिजले विजयी सुरुआत गरेको छ।

घरेलु मैदान प्रोभिडेन्स स्टेडियम गायनामा आइतबार राति भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराउँदै वेष्ट इण्डिजले विजयी सुरुआत गरेको हो।​

पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।  वेस्ट इण्डिजका लागि रोस्टन चेसले नटआउट ४२,  ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७, आन्द्रे रसेलले नटआउट १५ र कप्तान रोभमन पावेलले पनि १५ रन बनाए।

बलिङतर्फ पीएनजीका लागि कप्तान असद भालाले २ तथा अलेई नाओ र चाद सोपर र जोन कारिकोले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। ​​ पीएनजीका लागि सेसे बाउले ५०, किप्लिन डोरिगा ले नटआउट २५, असद भालाले २१ रन‚ चार्ल्स अमिनीले १२ रन र चाड सोपरले १० रन बनाए।

बलिङतर्फ वेष्ट इण्डिजका आन्द्रे रसेल र अल्जारी जोसेफले २/२ तथा अकिल होसेन‚ रोमारियो सेफर्ड र गुडाकेश मोतीले समान १/१ विकेट लिए।

आइतबार अमेरिकामा भएको उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई हराउँदै विजयी सुरुआत गरेको थियो।

प्रतियोगिता अन्तरगत आज २ खेल हुनेछन्।  बिहान सवा ६ बजे सुरु हुने खेलमा ओमान र नामिबिया भिड्नेछन्। आजै राति सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलंका आमनेसामने हुनेछन्।

प्रतिक्रिया