Pura Samachar

सुनको भाउ घटयाे

प्रकाशित: June 3, 2024
पूरा समाचार

सुनको भाउ घटयाे

काठमाडौं । सुनको भाउ घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको हो ।

साताको पहिलो कारोबार दिन १ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने घटेर १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँ तोकिएको छ ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । योसँगै आजका लागि १ हजार ८३५ रुपैयाँ कायम भएको छ । आइतार भने १ लाख ८५० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया