Pura Samachar

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार र प्रतिपक्षी दलका शीर्ष नेतृत्वसँग छलफल

प्रकाशित: June 3, 2024
पूरा समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार र प्रतिपक्षी दलका शीर्ष नेतृत्वसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार र प्रतिपक्षी दलका शीर्ष नेतृत्वसँग छलफल गरेका छन् । उनले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार नै अर्को सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले ओली र देउवासँग सामूहिक र नेपालसँग छुट्टै छलफल भएको जनाएको छ ।

प्रतिक्रिया