Pura Samachar

जिप खोलाले बगाउँदा दुईजनाको मृत्यु

प्रकाशित: June 4, 2024
पूरा समाचार

जिप खोलाले बगाउँदा दुईजनाको मृत्यु

इलाम- इलामको माङ्सेबुङ गाउँपालिका-५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका-५ स्थित रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार मृतक दुवै जनाको सनाखत हुन सकेको छैन । उनीहरुको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो ।

मृतकमा एक शिशु र एक महिला रहेका छन् । जिपमा कति जना सवार थिए भन्नेबारे यकीन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया