काठमाडौँ । वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ । समूह एमा रहेको भारत र आयरल्याण्डबिचको खेल न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ ।
यही मैदानमा भारत र पाकिस्तानबिचको पनि खेल हुने भएकाले एक साता अघि देखि नै सुरक्षा व्यवस्था भने कडा बनाइएको छ । न्यूयोर्कमा आतंकवादी हमलाको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थ मजबुत पारिएको जनाइएको छ ।
टी–२० अन्तर्गत नासाउ काउन्टीमा अहिलेसम्म एउटा मात्र खेल खेलिएको छ, जुन निकै कम स्कोरिङ भएको थियो ।नासा उको पिच यस्तो छ कि अहिलेसम्म कसैले अनुमान लगाउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाको टोली ७७ रनमा मात्रै सीमित भयो । यति मात्र होइन, दक्षिण अफ्रिकालाई ७८ रनको लक्ष्य पछ्याउन १७ ओभर लागेको थियो । यस्तो अवस्थामा आयरल्याण्ड जस्तो खतरनाक टोली अपसेट गराउन माहिर छ । यसअघि पनि उसले धेरै पटक यस्तो गरिसकेको छ ।
प्रतिक्रिया