काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुन: नयाँ रेकर्ड बनाएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको हो । यसअघिको उच्च मूल्य १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो । बुधबार दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ रुपैयाँ कायम थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया