दुवै टोलीले समान १५९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पाकिस्तानले महम्मद आमिर बलिङ र अमेरिकाले सुपर आरोन जोन्स र हरमित सिंहलाई ब्याटिङमा उतार्यो । ।
आमिरको पहिलो बलमा जोन्सले ४ रन जोडे। त्यसपछि दोस्रो र तेस्रो बलमा जोन्सले २ र १ रन जोडे। चौथो बल आमिरले वाइड फालिदिए। जसमा हरमितले थप १ रन लिए। चौथो बलमा जोन्सले १ रन जोडे। पाँचौ बल फेरि वाइड भयो। जसमा अमेरिकाले वाइडसहित थप १ रन जोड्यो। त्यसपछि जोन्सले २ रन जोडे।
अमिरले छैठौँ बल फेरि वाइड फाले जसमा अमेरिकाले पाकिस्तानको वाइडसहित ३ रन चोर्यो । त्यसपछिको बलमा जोन्स रन आउट भए पनि अमेरिकाले १ रन थप्यो ।यसरी सुपर ओभरमा अमेरिकाले कुल १८ रन जोड्यो ।
१९ रनको लक्ष्य पाएको पाकिस्तानका लागि इफ्तिखार अहमद र फाखर जमान क्रिजमा आए। अमेरिकाले नेत्रावल्करलाई बलिङका्े जिम्मा दियो । पहिलो बल डटबल हुँदा दोस्रो बलमा इफ्तिखारले चौका हाने। तेस्रो बल वाइड हुँदा पाकिस्तानले १ रन थप्यो। त्यसपछि अमेरिकाले इफ्तिखारको विकेट लियो। चौथो बल फेरि भयो र अर्को बलमा पाकिस्तानले लेगबाई ४ रन बटुल्यो। पाँचौँ बलमा सादाव खानले २ रन थपे।
अब पाकिस्तानलाई १ बलमा ७ रन चाहिएको थियो। छक्का हानेको भए खेल फेरि अर्को सुपर ओभरमा जाने थियो तर पाकिस्तानले १ रनमात्रै बटुल्न सक्दा अमेरिका सनसनीपूर्ण र ऐतिहासिक जित निकाल्न सफल भयो।
यश अघि १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै खेल सुपर ओभरमा लगे । अमेरिकाको जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए ।
ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे । गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।
कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ तथा स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन । शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे । इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए । अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो ।
प्रतिक्रिया