
काठमाडौं । टी–२० विश्वकपकाे अर्को खेलमा स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा नामिबियालाई ५ विकेटले हराएको छ । समूह बी मा स्कटल्यान्डले पहिलो जित हात पारेको हो ।
१५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डको जितमा कप्तान रिची बेंरिग्टन ३५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनमा नट आउट रहे । पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो । स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।
प्रतिक्रिया