Pura Samachar

टी–२० विश्वकपमा आज चार खेल हुँदै

प्रकाशित: June 8, 2024
पूरा समाचार

टी–२० विश्वकपमा आज चार खेल हुँदै

काठमाडौँ – जारी आईसीसी टी–२० विश्वकपमा आज चार खेल हुँदै छन् । प्रतियोगिता अन्तर्गत अहिले दुई वटा खेल भइरहेका छन् ।

न्युजिल्यान्ड र अफगानिस्तान तथा श्रीलङ्का र बङ्गलादेश खेलिरहेका छन् । बङ्गलादेशले टस जितेर फिल्डिङ रोजेको छ भने श्रीलङ्काले ब्याटिङ गर्दै छ ।

जारी विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जितेको छ । अफगानिस्तानले युगान्डालाई पराजित गर्दै २ अंक हासिल गरेको छ । त्यस्तै न्यूजील्याण्डको बने यस विश्वकपमा यो पहिलो खेल हो । अफगानिस्तान र न्यूजील्याण्डबीच अहिलेसम्म केवल एक टी २० खेल भएको छ, जुन न्यूजील्याण्डले जितेको छ ।

त्यस्तै यस विश्वकपमा श्रीलंकाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको छ भने बङ्गलादेशको यो पहिलो खेल रहेको छ । त्यसैगरी बङ्गलादेश र श्रीलंका अहिलेसम्म टी २० खेलमा १६ पटक आमने सामने भएका छन् । जसमा श्रीलंकाले ११ पटक जितेको छ भने बंगलादेशले ५ पटक जितेको छ ।

त्यस्तै आज तेस्रो खेलमा समुह डी अन्तर्गतकै नेदरल्याण्डस र दक्षिण अफ्रिका पनि खेल्दै छन् । न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८ बजेर १५ मिनेटदेखि शुरु हुने छ ।

जारी विश्वकपमा नेदरल्याण्डस र दक्षिण अफ्रिकाले आ(आफ्ना पहिलो खेलमा जित हासिल गरेर २(२ अंक बटुलेका छन् । नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो ।

दक्षिण अफ्रिका र नेदरल्याण्डसबीच अहिलेसम्म २ टी २० खेल भएका छन्, जसमा दुवैले एक एक खेल जितेका छन् । नेदरल्याण्डसले पछिल्लो २०२२ मा सम्पन्न टी २० विश्वकपमा दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेर स्तब्ध बनाइदिएको थियो ।

त्यसैगरी आज चौथो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र इङल्याण्डबीच हुँदै छ । बार्बाडोसस्थित केन्सिंगटन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १० बजेर ४५ मिनेट देखि हुने छ ।

जारी विश्वकपमा आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेर २ अंक हासिल गरेको छ भने इङल्याण्डले भने स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ ।

अस्ट्रेलिया र इङल्याण्डबीच अहिलेसम्म २३ टी २० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा इङल्याण्डले ११ खेल जितेको छ भने अस्ट्रेलियाले १० खेल जितेको छ । त्यस्तै २ खेलको नतिजा आएको छैन ।

प्रतिक्रिया