Pura Samachar

सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले घटयाे

प्रकाशित: June 9, 2024
पूरा समाचार

सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले घटयाे

काठमाडौं : साताको पहिलो कारोबार दिन आज सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले घटेको छ।

शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउ आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो। आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी  प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार २९३ दशमलव ८४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर १७ पैसामा कारोबार भइरहेको छ।

प्रतिक्रिया