काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।
उहाँहरुबीच आइतबार बेलुवा भेटवार्ता भएको हो । भेटमा नपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
उहाँहरुबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचार विमर्श भएको छ। आइतबार भारतको नयाँ दिल्ली पुग्नुभएको प्रधानमन्त्री प्रचण्ड साँझ भएको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि रहनुभएको छ । प्रचण्ड आज साँझ स्वदेश फर्कनुहुने छ ।
प्रतिक्रिया