काठमाडौं । लगातार तीनदेखि स्थिर रहेको सुनको भाउ आज भने वृद्धि भएको छ । साताको चौथो कारोबार दिन छापावाला सुनको भाउ ६०० रुपैयाँले महँगिएको छ ।
मंगलबार १ लाख ४१ हजार रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि १ लाख ४० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।यस्तै, आजका लागि चाँदीको भाउ १ हजार ८२० रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।
प्रतिक्रिया