Pura Samachar

सर्लाहीको बागमती युवा क्लबलाइ सहिद स्मारक सी डिभिजन लिगको उपाधि

प्रकाशित: June 12, 2024
पूरा समाचार

सर्लाहीको बागमती युवा क्लबलाइ सहिद स्मारक सी डिभिजन लिगको उपाधि

काठमाडौं। बागमती युवा क्लबले सहिद स्मारक सी डिभिजन लिगको उपाधि जितेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्ट्स क्लबलाई गोलरहित बराबरी खेल्दै उपाधि जितेको हो। सर्लाहीको बागमतीले नौ जित, तीन बराबरी र एक हारसहित ३० अंक जोड्यो।

 

समान खेल खेलेको सुर्खेतको आरसी ३२ आठ जित, दुई बराबरी र तीन हारसहित २६ अंक जोडेर दोस्रो स्थानमा रह्यो।

प्रतिक्रिया