Pura Samachar

भारत आईसीसी पुरुष टी ट्वान्टी क्रिकेटको शीर्ष आठमा

प्रकाशित: June 13, 2024
पूरा समाचार

भारत आईसीसी पुरुष टी ट्वान्टी क्रिकेटको शीर्ष आठमा

काठमाडौं । भारत आईसीसी पुरुष टी ट्वान्टी क्रिकेटको शीर्ष आठमा स्थान बनाउन सफल भएको छ ।

तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो ।

भारतको यो लगातार तेस्रो जित हो ।

भारतकाे जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ ।

अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भारतले १० बल बाँकी छदाँ मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर विराट कोहलीलाई शुन्य र कप्तान रोहित शर्मालाई तीन रनमा गुमाएको भारतको इनिङ्लाई सुर्यकुमार यादव र सिवम दुवेले सम्हालेका थिए ।

सुर्यकुमारले नटआउट ५० रन बनाए । दुवेले अविजित ३१ रनको योगदान दिए । ऋषव पन्त १८ रन बनाएर आउट भए ।
एक समय ३९ रनको भारतले तीन विकेट गुमाएको अवस्था थियो । त्यसपछि क्रिजमा आएका सुर्यकुमार र सिवमले भारतको इनिङ्स सम्हालेका थिए ।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाको सुरुवात खराब रह्यो । पहिलो ओभर बलिङ गरेका अर्शदिप सिंहले अमेरिकाको दुई विकेट झारेका थिए । जसमा अमेरिकाले ८ विकेट गुमाएर १ सय १० रनमात्र बनाउन सकेको थियो । नीतिश कुमारले सबैभन्दा धेरै २७ रन बनाए ।

समूह एमा भारत ६ अंक जोडेर सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अंक सहित दोस्रो, पाकिस्तान र क्यानडा समान दुई अंक सहित तेस्रो र चौथों स्थानमा छन् ।

अमेरिका, पाकिस्तान र क्यानडाको सुपर एटको सम्भावना अन्तिम खेलको नतिजामा भर पर्नेछ ।

प्रतिक्रिया