लण्डन । भेट्रान्स फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले सहज जित हासिल गरेको छ । युरोकप २०२४ अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले आयरल्याण्डलाई ३-० गोल अन्तरले हराएको हो ।
खेलको १८औँ मिनेटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । पहिलो हाफमा १-० गोलले अग्रता बनाएको पोर्चुगलका लागि ३९ वर्षीय कप्तान रोनाल्डोले ५०औँ र ६०औँ गोल गर्दै जित दिलाउनुभयो ।
योसँग रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या १३० पुर्याउनुभएको छ । युरोकप २०२४ यही जुन १५ बाट जर्मनीमा आयोजना हुँदैछ । समूह ‘एफ’ मा रहेको पोर्चुगलले आफ्नो पहिलो खेलमा १९ जुनमा चेक रिपब्लिकको सामना गर्नेछ । एजेन्सी ।
प्रतिक्रिया