Pura Samachar

सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने

प्रकाशित: June 13, 2024
पूरा समाचार

सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहने

काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ।

शुक्रबार दिउँसो कोशी प्रदेशकालगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया