Pura Samachar

सेयर बजारमा गिरावट

प्रकाशित: June 13, 2024
पूरा समाचार

सेयर बजारमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ९.३२ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक भने २११२.२९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज विकास बैंक समूह ५३.७५ अंक र फाइनान्स ४५.४७ अंकले बढेका छन् । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् ।

आज समृद्धि फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँ ६० पैसा बढेर ४३५ रुपैयाँ ६० पैसा कायम भएको छ । यता, कुथेली बुखरीको पनि प्रतिकित्ता १४६ रुपैयाँ ५० पैसा बढेर १ हजार ६११ रुपैयाँ ५० पैसा, साधाना लघुवित्त प्रतिकित्ता १०८ रुपैयाँ ५० पैसा बढेर १ हजार १९५ रुपैयाँ कायम भएको छ ।यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८२ प्रतिशत, बाराही हाइड्रोपावरको ९.७४ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ९.२७ प्रतिशत, गुडविल फाइनान्सको ८.८४ प्रतिशत र बरुण हाइड्रोपावरको ८.४४ प्रतिशत बढेको छ । उक्त दिन यी कम्पनीहरुले उच्च दरमा कमाएका छन् ।

प्रतिक्रिया