टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले ‘सुपर आठ’ को सम्भावना कायम राखेको छ। शुक्रबार बिहान भएको खेलमा इंग्ल्यान्डले ओमानलाई ८ विकेटले पराजित गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको ओमान १३. २ ओभरमानै ४७ रनमा समेटियो। टी-२० विश्वकपमा चौंथो लो-स्कोर बनाएको ओमान विरुद्ध इंग्ल्यान्डले ३.१ ओभरमै २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
पहिले ब्याटिङ गरेको ओमानका लागि सोइब खानले ११ रन बनाउनु एकमात्र दोहोरो स्कोरका रुपमा रह्यो। ओमानलाई धारासायि बनाउने क्रममा इंग्ल्यान्डका लागि अदिल रसिदले ४ विकेट लिँदा मार्क वुड र जोफ्रा आर्चरले ३-३ विकेट लिए।
इंग्ल्यान्डका लागि जोस बटलरले २४ रन बनाए। त्यसअघि फिल साल्ट १२ रनमा आउट हुँदा विल ज्याकले ५ र जोनी ब्ययरिस्टोले ८ रन बनाए।ओमानका लागि बिलाल खान र कलिमुल्लाहले समान १-१ विकेट लिए।
अब इंग्ल्यान्डलाइ अघिल्लो चरण पुग्नका लागि समूह ‘बी’ को अन्तिम खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई हराइदिनु पर्ने छ भने आफ्नो खेलमा इंग्ल्यान्डले नामिबियलाई पराजित गर्नु पर्ने छ। समूहबाट अस्ट्रेलिया यसअघि नै सुपर आठमा पुगिसकेको छ।
प्रतिक्रिया