Pura Samachar

अफगानिस्तान आइसिसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश

प्रकाशित: June 14, 2024
पूरा समाचार

अफगानिस्तान आइसिसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश

काठमाडौं : पपुवा न्युगिनी पिएनजीलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान आइसिसी टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ।

 

जितसँगै ३ खेलमा ६ अंक जोडेको अफगानिस्तान समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। तीनै खेलमा पराजित पिएनजी अंकविहिन छ।

अफगानिस्ताको जितसँगै न्यूजिल्यान्ड भने समूह चरणबाटै बाहिरियो। यस समूहबाट आयोजक वेस्ट इन्डिजले यसअघि नै सुपर ८ मा स्थान पक्का गरिसकेको थियो।

ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा आज बिहान पिएनजीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

अफगानिस्तानका लागि गुल्बदिन नइबले अविजित ४९, मोहम्मद नबीले अविजित १६, अज्मतुल्लाह ओमरजाइले १३ र रहमानुल्लाह गुर्बाजले ११ रन बनाए।

पिएनजीका लागि एली नाओ, सिमो कामिया र नोर्मन भानुआले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनको योगफल तयार पार्‍यो।

पिएनजीका लागि  किप्लिन डोरिगाले २७, एली नाओले १३ र टोनी उराले ११ रन बनाए। पीएनजीले २५ रन अतिरिक्त पाएको थियो।

अफगानिस्तानका लागि फजलहक फारुकीले ३, नविन(उल(हकले २ र नुर अहमदले १ विकेट लिए।

प्रतियोगिता अन्तरगत आज अमेरिका र आयरल्याण्ड आमने सामने हुनेछन्।

प्रतिक्रिया