Pura Samachar

स्पेनका युरोकपमा क्रोएसियामाथि एकपक्षीय जित

प्रकाशित: June 16, 2024
पूरा समाचार

स्पेनका युरोकपमा क्रोएसियामाथि एकपक्षीय जित

काठमाडौं। स्पेनले युरोकपमा क्रोएसियामाथि एकपक्षीय जित हासिल गरेको छ।

ओलम्पिक स्टेडियममा शनिबार राति सम्पन्न समूह बी को खेलमा स्पेन ३-० गोल अन्तरले विजयी भएको हो।

अल्भारो मोराटा, फेबियन रुइज र ड्यानी कार्भाजले खेलको पहिलो हाफमै गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाएका थिए।

८०औं मिनेटमा क्रोएसियाका ब्रुनो पेटकोभिकले दुई पटक पेनाल्टी प्रहार गरे पनि सफल हुन सकेनन्। योसँगै क्रोएसियाले खेलमा गोलअन्तर कम गर्ने मौका गुमायो।

प्रतिक्रिया