काठमाडौँ – अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
यो जितसँगै अस्ट्रेलिया समूह बी मा आफ्ना चारै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ ।
त्यस्तै समूह बी बाट इङल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल बर्षाले रद्ध हुदा ५ अंकसहित दोस्रो हुदै सुपर आठमा पुगेको छ ।
त्यस्तै स्कटल्याण्डको ४ खेलमा ५ अंक रहेपनि रनरेटको आधारमा पछि पर्दै तेस्रो भएपछि विश्वकपको समूह चरणबाट बाहिरिएको हो ।
प्रतिक्रिया