Pura Samachar

निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई नियुक्त गर्न सिफारिस

प्रकाशित: June 16, 2024
पूरा समाचार

निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई नियुक्त गर्न  सिफारिस

काठमाडौँ- निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई नियुक्त गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको छ।

आइतबार बालुवाटारमा बसेको परिषद्को बैठकले रिक्त निर्वाचन आयुक्त पदमा सिफारिस गर्ने निर्णय गरेको हो।

यसपछि उनको संसदीय सुनुवाइ हुनेछ। त्यसपछि मात्रै प्रधान आयुक्तमा नियुक्त हुनेछन्।

उनी नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन्।

प्रतिक्रिया