Pura Samachar

कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती  प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाकाेसम्भावना

प्रकाशित: June 16, 2024
पूरा समाचार

कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती  प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाकाेसम्भावना

काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै, बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती  प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया