Pura Samachar

मुख्यमन्त्रीले गरे गोविन्दजी मन्दिरमा दर्शन

प्रकाशित: June 19, 2024
पूरा समाचार

मुख्यमन्त्रीले गरे गोविन्दजी मन्दिरमा दर्शन

डा हरिमोहन पोखरेल
कोहिमा/मणिपूर राज्यका मुख्यमन्त्री एन विरेनले राज्यको स्थितिलाई सुधारमा ल्याउनको लागि हालै गोविन्दजी मन्दिरमा दर्शन गर्नुको साथै पुजा अर्चना गरेको समाचार छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उनले मन्दिरको समिति संग बसेर गहन रूपमा छलफल पनि गरे ।
उनले प्रेसलाई दिएको सानो वार्तामा भने कि केन्द्रले राज्यको स्थितिलाई लिएर बैठक गरेको छ र आउने दिनमा अवश्य पनि शान्ति स्थापित हुने छ ।
उनले अगाडि थपे कि राज्यको स्थितिमा सुधार हुनु आवश्यक छ र प्रजाले भने धैर्य धारण राख्नुपर्ने छ ।
स्मरण रहोस राज्यको स्थिति खराब भएको एक वर्ष पार हुँदा पनि सुधार नहुनू एउटा अलग्गै पहचान हो ।

प्रतिक्रिया