काठमाडौं। सुपर एटको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ।
बुधबार राति सम्पन्न खेलमा अफ्रिका १८ रनले विजयी भएको हो। अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन मात्रै बनाउन सक्यो।
अमेरिका एन्ड्रियस गौसले अविजित रहँदै सर्वाधिक ८० रन बनाए। ४७ बल खेलेका उनले समान पाँच चौका र छक्का प्रहार गरे।
हरमीत सिंह ३८, स्टीवन टेलर २४ र कोरी एन्डर्सन १२ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
अफ्रिकाका कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिए। केशव महाराजा, एनरिख नोर्खिये र तबरेज शम्सीले समान एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९४ रन बनाएको थियो।
अफ्रिकाका ओपनर क्विन्टन डी ककले सर्वाधिक ७४ रन बनाए। ४० बल खेलेका उनले सात चौका र पाँच छक्का प्रहार गरे। कप्तान एडन मार्क्रम ४६ र रिजा हेड्रिक्स ११ रनमा आउट हुँदा हाइनरिक क्यालसन ३६ र ट्रिस्टन स्टब्स २० रनमा अविजित रहे।
अमेरिकाका सौरभ नेत्रवलकर र हरमीत सिंहले समान दुई विकेट लिए। अर्को खेलमा
ओपनर फिल साल्टको आक्रामक ब्याटिङसँगै इङ्ल्यान्डले आइसिसी ट्वा्टी-२० विश्वकपअन्तर्गत सुपर एटको पहिलो खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको छ।
बिहीबार सम्पन्न खेलमा इङ्ल्यान्ड आठ विकेटले विजयी भएको हो। वेस्ट इन्डिजले दिएको १८१ को लक्ष्य इङ्ल्यान्डले १७.३ मा दुई विकेट गुमाउँदै पूरा गर्यो।
साल्टले अविजित रहँदै ८७ रन बनाए। ४७ बल खेलेका उनले सात चौका र पाँच छक्का प्रहार गरे। कप्तान जोस बटलर २५ र मोइन अली १३ रनमा आउट हुँदा जोनी बेयरस्टो ४८ रनमा अविजित रहे। वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक विकेट लिए।
त्यसअघि ड्यारेन सैमी राष्ट्रिय क्रिकेट स्टेडियम, सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रन बनाएको थियो।
वेस्ट इन्डिजका जोनसन चार्ल्स सर्वाधिक ३८ रन बनाए। ३४ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। निकोलस पूरन र रोभम्यान पावेलले समान ३६ रन बनाए। ब्रान्इन रजा २३ रनमा आउट हुँदा शार्फेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड पाँच रनमा अविजित रहे।
इङ्ल्यान्डका जोफ्रा आर्चर, आदिल रशिद, मोइन अली र लियाम लिभिगस्टनले समान एक विकेट लिए। जितसँगै इङ्ल्यान्डले दुई अंक जोडेको छ।
प्रतिक्रिया