Pura Samachar

सुनको भाउ वृद्धि

प्रकाशित: June 20, 2024
पूरा समाचार

सुनको भाउ वृद्धि

काठमाडौं । लगातर दुई दिन स्थिर रहेको सुनको भाउ बिहीबार भने वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन १ लाख ४२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ४२ हाजर १०० रुपैयाँ कायम भएको छ । बुधवार भने १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, साताको पाँचौ कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ८४० रुपैयाँ पुगेको छ । बुधवार भने १ हजार ८४० कायम भई खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया