Pura Samachar

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

प्रकाशित: June 21, 2024
पूरा समाचार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जनाएका छन् ।

त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ ।

प्रतिक्रिया