डा हरिमोहन पोखरेल
कोहिमा/मणिपूर राज्यमा स्थाई शान्ति र कानुन व्यवस्थाको लागि हिजो मुख्यमन्त्री सचिवालयमा सर्वदलीय बैठक बसेको खबर छ ।
प्राप्त समाचार अनुसार राज्यका सबै राजनीति दलहरूले राज्यमा स्थाई शान्तिको माग गर्दै सरकारले जल्दी भन्दा जल्दी कानुन र व्यवस्था पनि सुचारु रुपले कायम राख्नुपर्ने कुरामा पनि जोड दिए ।
बैठक पछी राज्यका मुख्यमन्त्रीले प्रेसलाई भने कि आजको बैठक एकदम सकारात्मक रहेको छ ।जसले गर्दा अब राज्यको स्थितिमा अवश्य पनि सुधार हुनेछ ।
उनले अगाडि थपे कि सबै प्रतिनिधिहरुले दिएको सुझाव अति नै महत्त्वपूर्ण रहेको कुरा पनि उनले गरे ।
उनले अगाडि थपे कि राज्यमा शान्ति स्थापित गर्नेको लागि केन्द्र सरकारले गरेको पहल प्रति आभार व्यक्त पनि गरे ।
हेर्दै जाउ कहाँ सम्म सरकार शान्ति स्थापित गर्न सफल हुन्छ त्यो त आउने भविस्यले बताउने छ ।
प्रतिक्रिया