
काठमाडौँ- नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित स्पिनर सन्दीप लामिछाने र नेपाली टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी-२० खेल्ने भएका छन्।
मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवार तथा दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेसँगै उनीहरुको ग्लोबल टी-२० निश्चित भएको हो।
रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी-२० लिग खेल्ने पक्का भएको हो।
सन्दीपले यसअघि नै ग्लोबल टी-२० लिग खेलिसकेका छन्। कप्तान रोहित र अलराउन्डर दीपेन्द्र भने पहिलो पटक उक्त लिग खेल्न लागेका हुन्।
सन्दीप यसअघि पनि क्यानेडियन लिग खेलेपनि रोहित र दीपेन्द्र भने पहिलो पटक आवद्ध भएका हुन्। सन्दीपको टिममा उनी बाहेक एलेक्स हेल्स, लिन्टन कुमार दास, जोसन बेहरेन लगायत रहँदा दीपेन्द्र आबद्ध मोन्टेरियलमा भने शकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिन जस्ता खेलाडीहरु रहेका छन्।
ग्लोबल टी-२० मा भने सन्दीप र सोमपालपछि दीपेन्द्र छनोट भएका हुन्।
प्रतिक्रिया