डा हरिमोहन पोखरेल
कोहिमा /विश्वको विभिन्न ठाउमा मनाए सरह मणिपूरमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाएको समाचार छ ।
प्राप्त समाचार अनुसार राज्यको विभिन्न स्कुल कलेज तथा विभिन्न निकायहरुले पनि योग दिवसमा विभिन्न प्रकारको आसनहरु गरेर देखाए ।
योग दिवस समारोहमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि योगले मान्छेको जीवनमा धेरै परिवर्तन ल्याएको छ ।
उनले अगाडी भने कि मान्छेले शारीरिक रूपमा स्वस्थ रहनको लागि योगको नितान्त आवस्यकता छ ।आज योगको माद्यम द्वारा हामीले विश्वमा परिवर्तनको आशा देखेको छ ।
उनले अगाडी थपे कि योग साधना गरे जस्तै हामी पनि यो ठाँउमा नयाँ परिवर्तनको आशा देख्न थालेको हो ।
उनले अगाडी भने कि विश्वमा परिवर्तन आए जस्तै मणिपूरमा पनि शान्तिको साथमा आमूल परिवर्तन आउने आशा राखेको कुरा गरेका छन ।
प्रतिक्रिया