Pura Samachar

पेरु र चिली समूह चरणको पहिलो खेलमा बराबरी रोकिए

प्रकाशित: June 22, 2024
पूरा समाचार

पेरु र चिली समूह चरणको पहिलो खेलमा बराबरी रोकिए

काठमाडौँ- कोपा अमेरिकामा पेरु र चिली समूह चरणको पहिलो खेलमा बराबरी रोकिएका छन्।

समूह ए मा रहेका यी दुई टोलीले गोलविहीन बराबरी गरेका हुन्। खेलभर चिली गोल पोजिसनमा अघि देखिए पनि जाली चुमाउन असमर्थ रह्यो।

यी दुई टोलीको बराबरीले अर्को टोली अर्जेन्टिनालाई फाइदा पुगेको छ। समूह चरणको पहिलो खेलबाटै अर्जेन्टिनाले ३ अंक बटुलेको छ।

यसअघि क्यानडासँगको पहिलो खेलमा अर्जेन्टिनाले जित निकाल्दै समूहमा अग्रता देखाएको छ। यदि आज पेरु र चिलीबीच हारजित भएको भए अर्जेन्टिनासँग समान अंक हुन्थ्यो।

समूहमा अब एक टोलीले ४ खेल खेल्नुपर्ने छ। जहाँ जम्मा एक। एक खेल मात्र भएका छन्। अहिले नै अघिल्ला राउन्डमा जाने टोलीको नाम अनुमान गर्न हतारो हुन्छ।

साविक विजेता भएकाले अर्जेन्टिनालाई उपाधि दाबेदार मानिएको छ। विश्वकपको उपाधि समेत रहेको यो टोली पहिलो खेलबाटै उत्कृत्ट लयमा छ।

कोपा-अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करण अमेरिकामा आयोजना भइरहेको छ । प्रतियोगितामा १६ वटा टोली सहभागी छन् ।

प्रतिक्रिया